Logo
Logo

इजरेली आक्रमणमा परी गाजामा ९४ जनाको मृत्यु


252
Shares

काठमाडौं ।  गाजामा गएरातिदेखि भएको इजरेली हवाई आक्रमणमा कम्तीमा ९४ जनाको ज्यान गएको छ । आक्रमणमा परी सबैभन्दा बढी गाजाको दक्षिणी सहर खान युनुसमा मृत्यु भएको हो ।

हमास सञ्चालित सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमुद बस्सालले स्थानीय समयअनुसार गएराति २ बजेदेखि उद्धार दलले ५६ जनाको शव निकालेका छन् । उत्तरी गाजाको बैत लाहियाबाट चार र सेन्ट्रल गाजाको दीर अल–बलाहबाट दुई शव फेला परेका छन् ।

प्रवक्ता बस्सालका अनुसार खान युनिसमा एउटै परिवारका १३ सदस्यको ज्यान गएको छ । इजरेल र हमासबीच ७ अक्टुबर २०२३ देखि युद्ध सुरु भएको थियो । गाजामा युद्धविरामको सम्झौता टुटेपछि इजरेलले कैयन हवाई आक्रमण गरिसकेको छ।

६ मेमा इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले गाजाको २१ लाख जनसंख्या बचाउन उनीहरूलाई अन्य स्थानमा सार्ने बताएका थिए ।

उत्तरी र दक्षिणी गाजामा बुधवार गरिएको हवाई आक्रमणमा करिब दुई दर्जन बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएपछि यो भारी बम विस्फोटको दोस्रो रात थियो ।

प्रतिक्रिया दिनुहोस्