Logo
Logo

स्वास्थ्यका प्रवक्ता नै निजी अस्पताल सञ्चालक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ साउन । कोभिड–१९ ले निम्ताएको संकटको बेला स्वास्थ्य मन्त्रालयको असक्षमताका कारण सरकार नै बदनाम भइरहेको छ । स्वास्थ्यकर्मीहरु दिनरात फिल्डमा खटिएपनि स्वास्थ्यको नेतृत्व भने कमाउने ध्याउन्नमै छन् ।

स्वास्थ्यका हरेक जसो खरिदमा कमिसनको चक्कर रहेको प्रष्ट भइसकेको छ । स्वास्थ्यकर्मीका सल्लाहार डा खेम कार्कीदेखि कर्मचारीहरु समेत मेडिकल माफियाको प्रभावमा छन् ।

त्यसो त स्वास्थ्यका कर्मचारीहरु नै सरकारको स्वास्थ्य सेवामा सुधार ल्याउन चाहँदैनन् । किनभने, उनीहरुमध्ये धेरैजसो निजी अस्पतालका सञ्चालक छन् । हाल स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका डा.जागेश्वर गौतम नै निजी अस्पताला सञ्चालक छन् । उनी चाबहिलस्थित ओम अस्पतालका सञ्चालक हुन् । चितवन मेडिकल कलेज लगायत अन्य अस्पतालमा पनि उनको शेयर छ । सरकारको नीतिगत तहमा रहेको व्यक्ति निजी अस्पतालको बोर्डमै हुनु लज्जापद अवस्था रहेको मन्त्रालयका एक कर्मचारी बताउँछन् ।

जबकी उनी नै स्वास्थ्यसम्बन्धि नीतिगत निर्णय गर्ने ठाउँमा छन् । स्वास्थ्यका धेरै उच्च अधिकारीहरु निजी अस्पतालमा आबद्ध छन् । सोही कारण पनि नेपालमा स्वास्थ्य क्षेत्र माफियाको कब्जामा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्