Logo
Logo

सगरमाथा संवादका लागि भारतीय मन्त्री यादव काठमाडौंमा


756
Shares

काठमाडौं । सगरमाथा संवादका लागि विभिन्न देशका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरु काठमाडौं आउनेक्रम जारी छ।

भोलि (शुक्रबार) सुरु हुने संवादका लागि आज बिहीबार भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादव काठमाडौं आएका छन्।

उनलाई वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। उनलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि विमानस्थल पुगेका थिए।

आफ्नो कार्यव्यस्तताको कारण देखाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी आउन नसक्ने भएपछि भारत सरकारले मन्त्री यादवलाई काठमाडौं पठाएको हो।

शुक्रबार सुरु हुने संगरमाथा संवाद जेठ ४ गतेसम्म चल्नेछ। नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका विषयमा उक्त संवाद केन्द्रित गर्ने तयारी सरकारको छ।

प्रतिक्रिया दिनुहोस्