Logo
Logo

कलंकी-कुलेखानी-हुमाने सडक आजदेखि १९ दिन बन्द


315
Shares

काठमाडौं । काठमाडौँ–हेटौँडा जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक आज (शुक्रबार)देखि १९ दिन बन्द हुने भएको छ । मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ आजदेखि २० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा यो सडक आजदेखि १९ दिनसम्म बन्द हुने बताए । यस अवधिमा अन्य वैकल्किप मार्ग प्रयोग गर्नसमेत प्रहरीले सबैलाई अनुरोध गरेको छ । अन्य वैकल्पिक सडकमा कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्