Logo
Logo

नवलपरामा हावाहुरीले रुख ढल्दा च्यापिएर दुई जनाको मृत्यु 


1.6k
Shares

पश्चिम नवलपरासी । शुक्रबार हावाहुरीसहितको वर्षाले पश्चिम नवलपरासीको सुनवलमा रुख ढल्दा च्यापिएर दुई जनाको मृत्यु भएको छ । सुनवल–७ निवासी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरी र वर्षाबाट बच्न उनीहरू स्थानीय प्रतिक्षालयमा ओत लागेका थिए । सोही क्रममा प्रतिक्षालयमाथि रुख ढल्दा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एकजना अज्ञात व्यक्ति छन् । उनीहरूलाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।  प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्