Logo
Logo

राप्रपा नेता रवीन्द्र मिश्र ५० दिनपछि थुनामुक्त


1.8k
Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्रलाई ५० दिनको प्रहरी हिरासतपछि थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रवार बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै मिश्रलाई हाजिरीजमानीमा रिहा गर्न निर्देशन दिएको हो । 

गत चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले मिश्रलाई हिंसा भड्काएको आरोपमा सोही दिन बेलुका पक्राउ गरेको थियो । राज्यविरुद्धको कसूर, सङ्गठित अपराध र आपराधिक उपद्रवको मुद्दामा प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । यस अवधिमा प्रहरीले आठ पटक म्याद थप गरेको थियो ।  सर्वोच्चको आदेशअनुसार मिश्रलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्