Logo
Logo

हावाहुरीले देशभर वितण्डा


882
Shares

काठमाडौं ।  शुक्रवार काठमाडौंसहित देशका विभिन्न स्थानमा आएको भीषण हावाहुरीले जनजीवन प्रभावित भएको छ । तीव्र गतिको हावाहुरीका कारण काठमाडौं उपत्यकामा पैदलयात्रीहरू समस्यामा परेका छन् भने साना सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ ।

हावाहुरीले रुख ढाल्दा पश्चिम नवलपरासीको सुनवल–७ मा मिरा बयम्बु (३०) र दुर्गाबहादुर पुन (४०) को मृत्यु भएको छ । उनीहरू हावाहुरीबाट जोगिन प्रतिक्षालयमा बसेका बेला रुख ढलेर च्यापिएको प्रहरीले जनाएको छ । यस्तै, कैलालीमा पनि हावाहुरीले रुख ढाल्दा एक जनाको मृत्यु भएको छ ।
 
नवलपरासीमा तीन जना घाइते भएका छन् । हावाहुरीले सडक, बिजुली र सञ्चारमा समेत क्षति पुर्‍याएको छ । प्रहरी र स्थानीय प्रशासनले क्षति विवरण सङ्कलन र उद्धार कार्य गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्