Logo
Logo

आज ३२औँ मदन-आश्रित स्मृति दिवस


441
Shares

काठमाडौँ । नेकपा एमालेका नेताद्वय जीवराज आश्रित र मदन भण्डारीको आज ३२औँ स्मृति दिवश विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ ।

सो अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदननगर बल्खुस्थित मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम छ । एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गरेका थिए ।

२०४६ सालको जनआन्दोलन सफल भएसँगै खुला भएको तत्कालीन सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो । त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो ।

२०७२ सालको विनासकारी भूकम्पबाट कार्यालयमा क्षति पुगेपछि एमाले कार्यालय धूम्रबाराही त कहिले थापाथली सारिएको थियो । हाल एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको छ ।

२०७२ सालमा बल्खुबाट कार्यालय सारेताका उक्त परिसरमा मदन भण्डारीको प्रतिमा बनाइएको हो । मदन आश्रित स्मृति दिवसका दिन भने बल्खुस्थित सोही कार्यालय र त्यहाँको मदन भण्डारीको प्रतिमाले विशेष महत्व पाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्