Logo
Logo

लमजुङमा तरुण दलको अधिवेशनमा खुकुरी प्रहार, तीन जना घाइते


1.1k
Shares

लमजुङ ।  नेपाली काँग्रेसको भ्रातृ सङ्गठन तरुण दलको लमजुङ जिल्ला अधिवेशनका क्रममा शनिवार सदरमुकाम बेँसीसहरमा खुकुरी प्रहारको घटना भएको छ । अधिवेशन सुरु भए लगत्तै एक पक्षले कार्यक्रम अवरुद्ध गर्ने प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको र झडपमा तीन जना घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

कार्यक्रम सुरु भएको केही समयमै बाहिरबाट आएको एउटा समूहले अधिवेशन बिथोल्ने प्रयास गरेको जनाइएको छ । भित्र कार्यक्रम सञ्चालन गरिरहेको पक्षले प्रतिवाद गरेपछि  खुकुरी प्रहार भएको हो । 

अधिवेशनलाई लिएर केही दिनदेखि लमजुङमा तरुण दलका दुई पक्षबिच तनाव कायम थियो । शनिवारको घटनामा तीन जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।  घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङले घटनाको अनुसन्धान सुरु गरेको र दोषीमाथि कारबाही गर्ने जनाएको छ । तरुण दलको आन्तरिक विवादले हिंसात्मक रूप लिएपछि स्थानीय प्रशासनले थप सुरक्षा व्यवस्था कडा बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्