Logo
Logo

सांसद माया राई कांग्रेस बैठकमा सहकारी प्रकरणमा भावुक


1.5k
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद माया राई सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएपछि शनिवार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा भावुक बनेकी छन् ।

बैठकमा उनले सहकारी प्रकरणमा आफूलाई पार्टीले साथ नदिएको गुनासो गर्दै रोएकी थिइन् । सांसद राईले १७ दिन प्रहरी हिरासतमा रहँदा पार्टीबाट कुनै सहयोग नपाएको र ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको बताउँदै केहीबेर रोएकी थिइन् । 

पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले बैठकमा सांसदहरूले बजेटलगायत विविध विषयमा  छलफल गरेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्