Logo
Logo

राष्ट्रिय सहमतिको सरकार आवश्यक देखियो : सांसद गौतम


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यता देखिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै गौतमले अहिलेको कांग्रेस–एमालेको सरकार, सरकार जस्तोगरि चल्न नसकेको र जनतामा निराशा छाएको भन्दै राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यता देखिएको बताएका हुन् ।

त्यस्तै उनले संसद पनि प्रभावकारी हुन नसकेको, न्यायपालिकाबाट पनि जनता निराशा देखिएकाले अहिलेका समस्यालाई समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिए ।

अव राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गर्दै जनतामा आशा र भरोसा पैदा गर्न सके मुलुकलाई एक ठाँउमा पुराउन सकिने उनले बताए । राष्ट्रिय सहमतिका लागि ढिलाई गरे मुलुकको व्यवस्थामा नै नकारात्मक असर पुग्ने उनको जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस्