काठमाडौं । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी नियुक्त भएका छन् । उनको शपथ ग्रहण समारोह आज साँझ ५ बजे हुने भएको छ ।

नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनविपरीत प्रदेश संसदीय दलले रामेश्वर चौधरीलाई मन्त्रीमा सिफारिस गरेको हो । अध्यक्ष श्रेष्ठले लिखित पत्रमार्फत कैलाश चौधरीलाई मन्त्री बनाउन निर्देशन दिएकी थिइन् । तर, प्रदेश संसदीय दलको बैठकले उक्त निर्देशनलाई बेवास्ता गर्दै रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।














