Logo
Logo

विश्व पौडेलविरुद्धको रिटमा दरपीठ आदेश खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता


1.4k
Shares

काठमाडौं । अर्थविद् विश्व पौडेलविरुद्धको रिटमा भएको दरपीठ आदेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा नयाँ निवेदन दर्ता भएको छ । अधिवक्ता विशाल थापालगायतले दायर गरेको रिटमा रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठको आदेश दिएका थिए । उक्त आदेशविरुद्ध शुक्रवार दिइएको निवेदन आइतबार दर्ता भएको हो ।

निवेदनको पेसी जेठ ६ गते तोकिएको छ । अब इजलासमा सुनुवाइपछि पौडेलविरुद्धको रिट दर्ता हुने वा नहुने टुङ्गो लाग्नेछ । सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच पौडेललाई भावी गभर्नर बनाउने सहमति भएपछि उनीविरुद्ध रिट दायर भएको थियो ।

सरकारले चैत ११ मा गठित गभर्नर सिफारिस समिति विघटन गरी अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य रहेको नयाँ समिति गठन गरेको छ । चैत २५ यता गभर्नर पद रिक्त छ ।  

प्रतिक्रिया दिनुहोस्