Logo
Logo

‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१’ प्रतिनिधिसभाबाट पारित


315
Shares

काठमाडौं । ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१’ प्रतिनिधिसभाबाट पारित भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले पारित भएको हो । 

The current image has no alternative text. The file name is: parliyament-1.gif

विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी पारित गरेको थियो । यो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो । विधेयक प्रमाणित भएको ३१ औँ दिनबाट लागू हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्