Logo
Logo

मन्त्रिपरिषद बैठक बस्दै, राष्ट्र बैंकले पाउला त गभर्नर ?


3.7k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । बैठकले गभर्नर नियुक्ति गर्न सक्ने सम्भावना छ । गभर्नर सिफारिस समितिको बैठक बसेर आजै गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने तयारी छ ।

समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने छ । सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ। उनले गभर्नर बन्ने भन्दै यसअघि सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् ।

सरकारले उनैलाई गभर्नर बनाउने तयारी गरेको छ । सरकारले गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गर्न लागेको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावीसहित अदालतमा मुद्दा दायर भएको छ । यसअघि अदालतले सो मुद्दालाई दरपीठ गरेको थियो ।

सो मुद्दा अदालतले भोलि पेशीमा राखेको छ । तर, त्यसअघि बिहान कार्यालय खुल्ने बित्तिक्कै नयाँ गभर्नरको शपथ प्रधानन्यायाधीशबाट गराएर पद बहालीसम्मको योजना रहेको स्रोत बताउँछ ।

राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्ति हुन नसक्ने नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१(क) को विपरितका डा पौडेललाई अघि सारेको पनि निवेदनमा दावी गरिएको छ । पौडेल उनै हुन् जो गत आम निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार हुन् ।

उनी कांग्रेसको क्रियाशील सदस्य रहेको जनाइएको छ । तर, उनले भने आफूले सदस्यता नवीकरण नगरेको दाबी गर्दै आएका छन्। गभर्नर महाप्रसाद अधिकारीको गत चैत २४ गते कार्यकाल सकिए पनि राजनीतिक दाउपेचका कारण सरकारले अझै गभर्नर नियुक्त गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्