Logo
Logo

ग्लोबल आइएमई बैंकको बड्डीचौर एक्सटेन्सन काउण्टर सञ्चालनमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सुर्खेतको बड्डीचौरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. ५, बड्डीचौरमा बैंकिङ सेवा प्रदान गर्ने गरी एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७० वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३३ एटिएम, ३९ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २०१ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना १९ लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

कोभिड–१९ले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक सदा तत्पर रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्