Logo
Logo

सशस्त्र प्रहरीलाई मनसुनजन्य विपद् प्रतिकार्य योजनको लागि तयार रहन निर्देशन


945
Shares

 
काठमाडौं ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले भर्चुअल माध्यमबाट सशस्त्र प्रहरी बल नेपालका सबै युनिट कमाण्डरहरुलाई मनसुनजन्य विपद् प्रतिकार्य योजनाको लागि तयारी हालतमा रहन निर्देशन दिएका छन् । 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट आइतबार अतिरिक्त महानिरीक्षक पौडेलले अघिल्ला वर्षहरूमा भएको विपद्का घटनाहरूलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालका सबै युनिटमा विपद् व्यवस्थापनका सामानहरू तयारी हालतमा राख्नुकासाथै विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

उनले विपद् भएको स्थानमा छोटोभन्दा छोटो समयमा पुग्न सक्ने गरी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति तयारी राख्नुकासाथै टोल टोलमा विपद् सूचक राखी समुदाय लक्षित विपद् सम्बन्धी स्वयंसेवक तालिम समेत सञ्चालन गर्न निर्देशन दिएका छन् । 

अतिरिक्त महानिरीक्षक पौडेलले मनसुनजन्य विपद् घटनामा क्षती न्यूनिकरणको लागि सकेसम्म घटनास्थलमा छिटोभन्दा छिटो पुगी उद्धार गर्न निर्देशन दिएका छन् । साथै यस विषयमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले परिपत्र समेत गरेको छ ।

भर्चुअल मिटिङ्गमा सबै प्रदेशका बाहिनीपतिहरुले आ–आफ्नो क्षेत्रमा भएका विपद् उद्धारको तयारीबारे जनकारी गराएका थिए ।  कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लदार जवानहरुको समेत उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्