Logo
Logo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण जाँदै 


504
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साताको चीन भ्रमणमा जाने भएकी छन् । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा उनी जेठ १० गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । 

जेठ १० गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको  उनको सचिवालयले जनाएको छ । टोलीको आकार र विस्तृत कार्यक्रम भने अझै टुङ्गो लागेको छैन । भण्डारीसँगै नेकपा (एमाले) का केही नेताहरू पनि भ्रमणमा सहभागी हुने बताइएको छ । भ्रमणका क्रममा उनले चीनका उच्चस्तरीय राजनीतिक नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

नेपालका कम्युनिस्ट पार्टीहरूबिच एकताको आवाज कार्यकर्ता तहमा जोडतोडले उठिरहेका बेला पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ । भण्डारी कम्युनिस्ट एकताको पक्षमा रहँदै आएकी छन् र पछिल्लो समय एमालेको सक्रिय राजनीतिमा पुनस् फर्कने प्रयासमा समेत रहेकी छन्।

प्रतिक्रिया दिनुहोस्