Logo
Logo

नबिल बैंकद्वारा स्क्यान एन्ड वीड्र सेवा शुभारम्भ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नबिल बैंकले आºना ग्राहकलाई नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको छ । मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड वीड्रमार्फत ग्राहकले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाखसम्मको रकम झिक्न सक्नेछन् । हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । नबिल बैंकले चाँडै यो सेवा सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने बैंकले जनाएको छ ।

नयाँ सेवाको सुरुआतको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब नबिल बैंकका ग्राहकले चेक÷एटिएम कार्ड बोक्न बिर्सिनुभयो भने आºनो मोबाइल बैंकिङ एपमा लगइन गरेर ब्ांैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आºनो खाताबाट रकम झिक्न सक्नेछन् ।”

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि बैंकले यस पद्धतिमार्पmत बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको छ । ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार स्क्यान एन्ड वीड्रमार्पmत नबिल बैंकका ग्राहकहरुले सहज र छिटो सेवा प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ ।

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । यसका देशभरि ११८ शाखा र १७८ एटिएम काउण्टर रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिलले नबिल डिजी बैंकको स्थापना गरेको छ । । साथै यसले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टिसहित आधुनिक बैंकिङ युगको शुरुवात गर्नु आºनो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदानगर्नेतर्फ केन्द्रित गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्