काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति बदरको माग गर्दै परेको रिटमा नियुक्तिको आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।

सरकारले गत फागुन १२ गते ओझालाई बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । तर, उनको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।३३ वर्षीय ओझा प्राधिकरणको इतिहासमै सबैभन्दा कम उमेरका अध्यक्ष हुन् ।














