Logo
Logo

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता हुँदै 


1.7k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । उनीहरूबीच केहीबेरमा भेटवार्ता तय भएको प्रधानमन्त्री जनाइएको छ । उनीहरूबीच विशेषगरी नेपाल राष्ट्र बैङ्कको गभर्नरको नाममा सहमति जुटाउनेगरी छलफल हुने जनाइएको छ । 

The current image has no alternative text. The file name is: Oli-deuwa.gif

यससँगै, नियमित रूपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद् बैठक आज नबस्ने भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको  मन्त्रिपरिषद् बैठकमा पनि नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिबारे निर्णय गर्ने आकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्