Logo
Logo

प्रचण्डपछि माओवादीको नेतृत्व विधिबाट तय हुन्छ : वर्षमान पुन


2.2k
Shares

भक्तपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछिको नेतृत्वबारेको बहस निरर्थक भएको बताएका छन् । सोमबार भक्तपुरमा वाइसीएल बागमती प्रदेश अधिवेशन उद्घाटन गर्दै उनले उपयुक्त समयमा विधिबाट र प्रक्रियाबाट नेतृत्व चयन हुने बताएका छन् । 

पुनले प्रचण्डले गत महाधिवेशनमा नेतृत्वको शृङ्खला तयार गर्ने विधि प्रस्ताव गरेको उल्लेख गर्दै सबै तहका कमिटी र जनवर्गीय सङ्गठनमा यस्तो अभ्यास सुरु भएको बताए । “नेतृत्व व्यक्ति होइन, टिम हो । प्रचण्डजस्तो व्यक्तित्व नहोला, तर विधिबाट नेतृत्व तयार हुन्छ,” उनले भने ।

प्रचण्डले जनयुद्ध, शान्ति प्रक्रिया हुँदै समाजवादको आधार तयार पारेको भन्दै पुनले उनप्रति जनताको आकर्षण बढेको दाबी गरे । उनले प्रचण्डको नेतृत्वलाई अझै बलियो बनाउनुपर्नेमा पार्टीमा एकमत रहेको स्पष्ट पारे ।

फरक प्रसङ्गमा, पुनले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारलाई बिचौलिया र स्वार्थ समूहले बनाएको भन्दै जनतामा यो धारणा स्थापित भएको बताए। “गाउँ–गाउँमा यो सरकार बिचौलियाको हो भन्ने स्थापित भएको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्