काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँबाट एक जना थुनुवा फरार भएका छन्। बुधबार दिउँसो १ बजेतिर श्वयम्भू वृत्तबाट म्याद थपका लागि लैजान ल्याइएका थुनुवा निशान परियार फरार भएका हुन्।

उनी फरार भएको सीसीटीभी फुटेजमा देखिएको छ। अभद्र व्यवहारमा म्याद थपका लागि ल्याइएको उनको हातमा हतकडी भने लगाइएको थिएन।
हतकडीबिनै उनी भद्रकालीतर्फ फरार भएको सीसीटीभी फुटेजमा देखिएको परिसरका एकजना अधिकारीले बताए।











