Logo
Logo

कतारले अमेरिकलाई दियो बोइङ ७४७ उपहार


819
Shares

एजेन्सी । कतारले अमेरिकालाई सुविधायुक्त विमान उपहार दिएको छ । अमेरिकी एयरफोर्स वन फ्लिटका लागि कतारले बोइङ ७४७ उपहार दिएको हो ।

पेन्टागनका प्रमुख प्रवक्ता सिन पार्नेलले सबै संघीय नियम र विननियमअनुसार कतारबाट बोइङ ७४७ स्वीकार गरिएको जानकारी दिएका छन् । डबल डेकर रहेको यो विमानमा आणविक विस्फोट सामना गर्न सक्ने र उडानबीच नै इन्धन भर्ने क्षमता छ ।

प्लेनमा माथिल्लो डेकमा लाउन्ज र सञ्चार केन्द्र रहेको छ । यस्तै बेडरूमलाई आपतकालीन अवस्थामा मेडिकल युनिटमा परिवर्तन गर्नसक्ने सुविधा छ । स्टाफका लागि बिजनेस क्लासमा १२ वटा अति आरामदायी सिट छन् ।

यद्यपी विमानलाई अझै केही परिमार्जन गरिनेछ । त्यसपछि यसलाई आधिकारिक रूपमा एयरफोर्स वन–द प्रेसिडेन्टको हवाई यातायातका लागि प्रयोग गर्न सकिनेछ ।

ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालपछि यो नयाँ विमान राष्ट्रपति संग्रहालयमा पठाइने बताएको छ ।

राष्ट्रपतिका लागि प्रयोग गर्नुअघि यो कतारी विमानलाई थप सुरक्षा प्रणालीसहित अपग्रेड गर्न लगभग एक वर्ष लाग्न सक्ने अन्तराष्ट्रि सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

विमाान स्वीकार गर्ने ट्रम्पको निर्णयमाथि डेमोक्र्याट र रिपब्लिकन दुवैले नैतिक प्रश्न उठाइरहेका छन् । ट्रम्प स्वयं उपहार लिन चाहन्थे वा कतारीहरूले ट्रम्प प्रशासनलाई प्रभावमा पार्नका लागि उक्ति विमान दिए भन्ने प्रश्न अहिले उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्