Logo
Logo

रवि र छविको मुद्दामा बहस सकियो


1.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण मुद्दामा बहस सकिएको छ ।

आज इजलासको सुरुमै निवेदकका कानुन व्यवसायीले बहस गरेपछि रवि र छविका वकिलले जवाफी बहस गरेका हुन् ।लामिछानेले आफुलाई रिहा गर्न माग गर्दै गत बैशाख ७ गते पत्नी निकिता पौडेलमार्फत बन्दी प्रत्यक्षीकरण रिट दायर गराएका थिए ।

सो मुद्दामा मंगलबारदेखि सर्वोच्च अदालतका न्यायाधीश न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बहस थालिएको थियो । इजलासले तीन दिनको सुनुवाइपछि आजै आदेश सुनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्