Logo
Logo

नेपालमा चमत्कारिक ढङ्गले गरिबी घट्यो : गगन थापा 


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चमत्कारिक ढङ्गले गरिबी घटेको बताएका छन् । शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आएको बताएका हुन् ।

उनले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्य रूपमा भएको बताए । प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विकासको आकांक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको उनको भनाइ छ ।

उनले भने, ‘प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विकासको आकांक्षा पनि जगायौँ । २०८१ सालमा आइपुग्दै गर्दा हिजो हातमुख जोड्न पनि गाह्रो भएका परिवारको अवस्था एक तहमाथि उठेको छ । नेपाल संसारका ती थोरै देशहरूमध्ये पर्दछ । जसले गएको २०—२५ वर्षमा चमत्कारिक ढङ्गबाट आफ्नो देशको गरिबी घटाएको छ । अब त्यो परिवारका मान्छेले कसैले १०, कसैले ११, कसैले १२ पढेको छ । आम्दानी बढाउन अब स्वभाविक चाहन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्