Logo
Logo

पोखरा विमानस्थल प्रकरण : प्रतिवेदन अख्तियार पठाइयो


315
Shares

काठमाडौं । सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष सहितको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको छ ।

लेखा समितिको बुधवार बसेको बैठकको निर्णय अनुसार प्रतिवेदन र त्यसमा लेखा समितिको निर्णय समेत समावेश गरेर शुक्रवार अख्तियार पठाइएको हो । उपसमितिका संयोजक एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपसमितिले तयार पारेको प्रतिवेदनमा सामान्य त्रुटि र भाषिक संशोधन मात्रै गरिएको जानकारी दिए । 

लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष सहित उपसमितिले तयार पारेको प्रतिवेदनलाई अख्तियारमा पठाउने र अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्