Logo
Logo

देउवा छैटौँ र सातौँ पटक पनि प्रधानमन्त्री बन्छन्, रिस गरेर हुँदैन : धनराज गुरुङ


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा छैटौँ वा सातौँ पटक पनि प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व। खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उपसभापति गुरुङले राजनीतिमा अटल यात्रा र दुखले सम्भावनाका ढोका खोल्ने बताए । उनले सभापति देउवाको राजनीतिक यात्रालाई उदाहरणका रूपमा प्रस्तुत गरे ।

“हाम्रा सभापतिज्यू, पूर्वप्रधानमन्त्रीज्यूले राजनीतिक यात्रामा धेरै उतारचढाव भोग्नुभएको छ । ती सबै चुनौती पार गर्दै उहाँ पाँच पटक प्रधानमन्त्री बन्नुभयो । रिस गरेर होइन, अटल यात्राले यो सम्भव भएको हो । उहाँ छैटौँ, सातौँ पटक पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ,” गुरुङले भने ।

उनले राजनीतिमा त्यागको मूल्य खोज्ने प्रवृत्ति गलत भएको बताए। “राजनीतिमा ‘मैले त्याग गरेँ, मैले के पाएँ’ भन्ने भाष्य गलत हो । त्याग भनेको त्याग नै हो, त्यसको मूल्य हुँदैन। राजनीति एउटा अविरल यात्रा हो, कहाँ पुगिन्छ थाहा हुँदैन, तर निरन्तर अघि बढ्नुपर्छ,” उनले भने । स्मृति सभामा स्व। रेग्मीको योगदानको चर्चा गर्दै गुरुङले उनको समर्पण र निःस्वार्थ भावनालाई पार्टीका कार्यकर्ताले अनुसरण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्