Logo
Logo

झलनाथ खनालको चेतावनी : कम्युनिस्टहरू नसुध्रिए ०८४ मा जनताले बढार्ने


252
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट पार्टीहरू नसुध्रिए ०८४ को निर्वाचनमा जनताले बढार्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ८ मा आयोजित पार्टी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) आफ्नो स्वार्थपूर्तिका लागि भ्रष्टाचारमा डुबेको आरोप लगाए ।

खनालले विगतका गल्तीबाट पाठ सिकेर आगामी निर्वाचनमा एक्लै लड्ने गरी कार्यकर्तालाई तयार रहन निर्देशन दिए । उनले नेकपा ९एकीकृत समाजवादी० ले कांग्रेस र माओवादीसँग सत्ताका लागि गठबन्धन गर्दा राष्ट्रिय पार्टी बन्न नसकेको स्वीकार गरे । “हाम्रो पार्टी राष्ट्रिय पार्टी बन्न नसक्नुको कारण सत्ताका लागि कांग्रेस र माओवादीसँग जोडिनु र हाम्रा विचार, सिद्धान्त एवं लक्ष्य जनतामाझ स्पष्टसँग प्रस्तुत गर्न नसक्नु हो,” उनले भने ।

उनले पार्टी नेतृत्वका गलत निर्णयहरूले पनि राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न नसकिएको बताए । साथै, नेकपा (एमाले) दक्षिणपन्थी नेतृत्वका कारण अधोगति र पतनको बाटोमा अघि बढिरहेको टिप्पणी गरे । 

प्रतिक्रिया दिनुहोस्