काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ ।

भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला एमाले सचिवालय बैठक बस्न लागेको हो ।
कांग्रेसभित्रैबाट गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ । यसैबेला एमाले बैठकमा यसबारे छलफल होला कि नहोला भन्ने चासो बढेको छ ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका थिए ।
एमाले बैठकमा लेखकमाथि लागेको आरोपलगायत विषयसहित समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे छलफल हुने बताइएको छ ।














