Logo
Logo

ग्वार्को फ्लाईओभर जेठ अन्त्यसम्ममा पूरा हुन्छ : यातायातमन्त्री


441
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर यही जेठको अन्त्यसम्ममा पूरा हुने बताएका छन् । उनले जेठ भरिमा पूरा गरेलगत्तै फ्लाईओभरबाट सवारी साधन सञ्चालन हुने बताएका हुन् ।

आइतबार बिहान फ्लाईओभर निर्माणकार्यको स्थलगत निरीक्षणका क्रममा उनले निर्माणका बाँकी कामहरू चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए । उनले भने, ‘अब पनि ढिलाइ गर्ने छुट छैन । परिस्थिति बाहिरको प्राकृतिक विपत्ति नआएमा जेठको अन्त्य सम्ममा गाडी चल्नुपर्छ ।’

फ्लाईओभरअन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भइरहेको छ ।

अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएको र त्यो समस्या समाधान गरी सकेको बताए भने सडक विभागका महानिर्देशक रामहरि पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाईओभर महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्