काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन् । उनी नाति हृदयन्द्रलाई लिएर आमा रत्न शाहलाई भेट्न नारायणहिटी गएको बताइएको छ ।

पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय फणिराज पाठकका अनुसार हृदयन्द्रले रत्नलाई भेट्ने आग्रह गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएका हुन् । राजतन्त्र अन्त्य गरिएपछि ज्ञानेन्द्रले नारायणहिटी छोडेका थिए । तर, रत्न भने नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आएकी छन् ।
पछिल्ला समय राजसंस्था पुर्नस्थापनाको माग राख्दै सडक आन्दोलन चर्किरहेको बेला पूर्वराजा शाह पनि चर्चामा आएका छन् । उनी कतै जाँदा चर्चा पाउने गरेको छ ।











