Logo
Logo

सरकारका प्रवक्ताको प्रश्न -“एउटा कर्मचारी पक्राउ परेकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ र ?”


819
Shares

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना, सञ्चार र प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको अनियमिततामाथि छानबिन हुन दिनुपर्ने बताएका छन् । आइतबार नेकपा ९एमाले० को केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

The current image has no alternative text. The file name is: pirthibi-subba-grung.gif

“अध्यागमनमा भएको अनियमितताको विषयमा छानबिन भइरहेको छ । छानबिनलाई निष्पक्ष रूपमा अघि बढ्न दिनुपर्छ,” मन्त्री गुरुङले भने । गृहमन्त्री रमेश लेखकको राजीनामाको मागबारे प्रश्नमा, गुरुङले भने, “एउटा तीर्थ भट्टराई पक्राउ परेकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ र ?”

अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री लेखकको संलग्नताको आरोप लागेपछि विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनको राजीनामा माग गरेको छ । यता, गृहमन्त्री लेखकले आफूमाथि अनियमितताको कुनै प्रमाण भेटिए राजनीतिबाटै सन्यास लिने घोषणा गरेका छन् । हाल एमालेको सचिवालय बैठक च्यासलस्थित पार्टी कार्यालयमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्