Logo
Logo

गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने एमालेको निर्णय 


315
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सात दशक लामो बलिदानी सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गरेको छ ।


 
आइतबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका बाहिरका पार्टी कमिटीहरूलाई पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्न र त्यसको तयारीमा जुट्न निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । 

उनले भने,’काठमाडौँ उपत्यकामा पार्टी कमिटीहरूको आयोजनामा सांस्कृतिक झाँकीसहित जनउत्सव गरिनेछ । सबैलाई सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गरिएको छ ।’  बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समसामयिक अवस्था र पछिल्ला राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्