Logo
Logo

प्रधानमन्त्रीलाई उत्तेजित अभिव्यक्ति नदिन गगनको आग्रह


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजित अभिव्यक्ति नदिन आग्रह गरेका छन् । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रया दिने क्रममा थापाले अभिव्यक्ति मार्फत उत्तेजनामा ल्याउन नहुने बताएका हुन् ।

The current image has no alternative text. The file name is: kp-oli-gagan-thapa.jpg

थापाले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरू बाहिर सुनियो । त्यस्ता कुराहरू बाहिर आइन्दा नदोहोरियोस् ।’

प्रधानमन्त्री ओलीले शनिवार गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए । उक्त बोलीप्रति महामन्त्री थापाले आपत्ति जनाएका हुन् । १५ जेठमा राप्रपा, राप्रपा नेपाललगायतका दल र विभिन्न राजावादी सङ्घसंस्थाले राजतन्त्र पुनर्स्थापना, सङ्घीयता खारेजी, हिन्द राज्य पुनर्स्थापना लगायतका माग राखेर आन्दोलन थाल्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्