काठाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई विजय स्मारक माध्यमिक विद्यालयमा वडाध्यक्षको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कार्कीको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले पुरानो व्यवस्थालाई यथावत् राख्न आदेश दिएको हो ।

यसअघि १६ साउन २०८१ मा सर्वोच्चले काठमाडौं महानगरको शिक्षा ऐन, २०८० को वडाध्यक्षलाई अध्यक्ष बनाउने संशोधित प्रावधान संविधान र सङ्घीय कानुनविपरीत भन्दै खारेज गरेको थियो । उक्त फैसलापछि पुरानो जिम्मेवारीमा फर्केका अध्यक्षहरूलाई महानगरले गत चैतमा पुनः वडाध्यक्षको नेतृत्वमा समिति गठन गर्न खोजेपछि सर्वोच्चले रोकेको हो ।














