Logo
Logo

गृहमन्त्रीले राजीनामा दिने अवस्था बनाएरै छाड्छौं : प्रचण्ड


1.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका छन् ।

मंगलबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसंग मात्रै नभइ सरकारसंग पनि सम्बन्धीत रहेकाले बिपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका हुन् ।

उनले नेपाल समाजवादी पार्टीसंगको एकताका बिषयमा कुनै विवाद नरहेको भन्दै महेन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे ।

प्रचण्डले बाबुराम भट्टराईले धेरै तह उत्रेर आफुमाथि अभिव्यक्ति दिने गरेको र बाबुरामको काम नै माओवादीको विरोध गर्नुमात्रै रहेको जिकिर गरे ।

उनले एकता प्रक्रियामा बाबुरामलाई आफुले छोडेको नभइ बाबुराम नै पार्टी, आन्दोलन र माक्र्सवाद छाडेर भागेको टिप्पणी गरे

प्रतिक्रिया दिनुहोस्