
काठमाडौं । बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बा ५च २२०९ नम्बरको जिप जगन्नाथ गाउँपालिका–३ मा दुर्घटना हुँदा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्कासहितको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख खड्कासहित चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकपाल हवारीले जानकारी दिए । जीपमा सवार अन्य दुई जना नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् ।














