Logo
Logo

भाटभटेनी लुटपाट गर्ने ११ जनाबाट ७७ लाख तिराउन माग


693
Shares

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा भएको लुटपाट र तोडफोडमा ११ जनाबाट बिगो भराउन माग गरिएको छ । गत चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा कोटेश्वरको भाटभटेनीमा पनि लुटपाट र तोडफोड भएको थियो ।

त्यस क्रममा ११ जनाले भाटभटेनीमा ८० लाख ३३ हजार १९२ रुपैयाँ बराबरको धनमाल क्षति पुर्‍याएको अभियोग छ ।  तर यसमध्ये २ लाख ४३ हजार ७४ रुपैयाँका सामान बरामद गरिसकेको छ ।  अभियोग लगाइएका ११ जनाबाट ७७ लाख ८९ हजार ३१ रुपैयाँ ५२ पैसा मात्र बिगो भराउन माग गरिएको हो ।

उनीहरूलाई आपराधिक उपद्रवको कसुरमा प्रतिवादी बनाएर छुट्टै अभियोग दायर गरिएको छ । यो कसुरमा श्रवण कुमार लामा, समिर मगर, एलिसा भन्ने लक्ष्मी राई, आशिक कुमार महतो, गोविन्दा राय, सुशीला कुमाल, निर्मला कार्की, प्रेमकुमार महतो, राधेश्याम यादव, रवि रञ्जन कुमार सिंह र दिनेश महतोलाई यो बिगो भराउन माग गरिएको छ ।

यीमध्ये निर्मला कार्की फरार रहेका छन् । आपराधिक उपद्रवको कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस्