Logo
Logo

१२ किलो चाँदीसहित बसका सहचालक पक्राउ


2.1k
Shares

काठमाडौं । १२ किलो भन्दा बढी चाँदीसहित बसका सहचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक बाराको कलैया घर भएका ३२ वर्षीय अनिश कुमार सिंह छन् ।

प्रहरी प्रभाग नागढुंगाको टोलीले उनलाई सोमबार राति पौने १० बजेतिर नागढुंगाबाट पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसलाई जाँच गर्ने क्रममा १२ किलो १७६ ग्राम अवैध चाँदी बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठटमाडौंल जनाएको छ । बिल बिजक बिनाका चाँदीका गरगहना सहचालकले काठमाडौं ल्याएको खुलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्