Logo
Logo

१५ जेठको आन्दोलन १५ चैतको जस्तै हुने हो कि भन्ने डर छ : नवराज सुवेदी


1.1k
Shares

काठमाडौं ।  राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मको पक्षमा गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सरकारको रवैयाका कारण आगामी १५ जेठको आन्दोलन १५ चैतको जस्तै हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

मङ्गलवार काठमाडौंमा सम्पादकहरूसँगको छलफलमा सुवेदीले भने, “हामी निर्णायक र अहिंसात्मक आन्दोलनमा छौँ । तर, सरकारको व्यवहार १५ चैतको जस्तो हुने हो कि भन्ने डर छ ।”

यसैबीच, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक कार्यक्रममा १५ जेठमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्