Logo
Logo

गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण : रामहरि खतिवडा


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन् । मङ्गलवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद खतिवडाले भने  “के हरेक उजुरीमा मन्त्रीहरूले राजीनामा दिने हो ?”

The current image has no alternative text. The file name is: ramhari.gif

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताउँदै दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

“कर्मचारीमाथि निष्पक्ष छानबिन हुन दिनुपर्छ । गल्ती गर्ने जोसुकै होस्, कारबाहीको दायरामा आउनुपर्छ । तर, अनुसन्धानकै आधारमा गृहमन्त्रीलाई राजीनामा माग्नु पूर्वाग्रह हो,” उनले भने ।  

गृहमन्त्रालय मातहतका हजारौँ कर्मचारीमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै खतिवडाले मातहतका कर्मचारीमाथि उजुरी पर्दैमा मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने परम्परा उचित नहुने तर्क गरे । “अख्तियारमा हरेक कार्यालयमा उजुरी लेख्न र जवाफ दिन एक–एक कर्मचारी खटाइएको छ । उजुरी परेकै आधारमा राजीनामा माग्नु ठिक होइन,” उनले भने ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर संसद् अवरुद्ध गरेका छन्  । 

प्रतिक्रिया दिनुहोस्