Logo
Logo

प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित


567
Shares

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक बुधवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलहरूले मङ्गलवारको बैठक चल्न दिएनन् ।

The current image has no alternative text. The file name is: barsaman-pun.jpg

सभामुख देवराज घिमिरेले संसद्को गतिरोध हटाउन सत्तापक्ष र विपक्षी दलहरूबिच सहमतिको पहल गरेका थिए । उनको आह्वानमा उपसभामुख, प्रमुख सचेतक र मुख्य सचेतकहरू सहभागी संयुक्त छलफल भएको थियो ।  तर, सबै पक्ष आ९आफ्नो अडानमा कायम रहँदा सहमति जुट्न सकेन ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले गृहमन्त्री लेखकलाई संसद्मा आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिने अवसर प्रदान गर्नुपर्ने अडान लिए । यता, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडान कायम राखे ।

भिजिट भिसाको नाममा करोडौं रकम लिएर नेपाली युवालाई विदेश पठाउने प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको आरोप विपक्षीले लगाएका छन् । सोही आरोपमा जवाफ दिन संसद्मा उपस्थित भएका गृहमन्त्रीलाई बोल्न नदिएर विपक्षीले अवरोध गरेपछि सभामुखले बैठक आधा घण्टा स्थगित गरी सहमतिको प्रयास गरेका थिए। सहमति नजुटेपछि दिउँसो २:३० बजेसम्म बैठक स्थगित भएको सूचना जारी गरिएको थियो । तर, पुनःको प्रयास पनि असफल भएपछि बैठक भोलीसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्