Logo
Logo

उपेन्द्र यादव भोलि मलेसिया जाँदै


882
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया जान लागेका छन् । आगामी जुन १ तारिखका दिन क्वालालम्पुरस्थित होटल ग्रयान्ड कन्टिनेन्टलमा आयोजना गरिएको मलेसियामा रहेका नेपाली श्रमिकहरूसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रूपमा सहभागी हुन अध्यक्ष यादव बुधवार मलेसिया जान लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

The current image has no alternative text. The file name is: upendra-yadav.jpg

पार्टीको प्रवास सङ्गठन नेपाली समाज मलेसियाद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा तथा सेन्टर फर साउथ एसियन स्टडिज, काठमाडौंका डाइरेक्टर डा. निश्चलराज पाण्डेसमेत सहभागी हुनेछन् ।

सो अवसरमा जसपा नेपालले प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठनसमेत गर्ने भएको छ । अध्यक्ष यादवसहितको टोली जुन ३ तारिखमा स्वदेश फर्कने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्