Logo
Logo

त्रिभुवन विमानस्थल अध्यागमनमा भिजिट भिसा सेटिङ पछि ड्युटीमा कडाइ  


2.1k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङको आरोपपछि कडाइ गरिएको छ । कर्मचारीलाई ड्युटी जानकारी अब १५ मिनेटअघि मात्रै दिइने भएको छ, जुन यसअघि आधा घण्टा पहिले दिइन्थ्यो । यो नियम सोमबारदेखि लागू भएको सूचना अधिकारी अञ्जन न्यौपानेले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा सेटिङमा बिचौलियासँग पैसा लिएको आरोपमा अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरी हाजिरीजमानीमा अनुसन्धान गरिरहेको छ । अन्य कर्मचारी पनि अनुसन्धानको दायरामा छन् । भट्टराईलाई पक्राउ गर्नुअघि सरुवा गरिएको थियो भने हाल विष्णुप्रसाद कोइराला नयाँ प्रमुख बनेका छन् ।

यसैबीच, अध्यागमन कार्यालयका १५ कर्मचारीलाई सरुवा गरी गृह मन्त्रालयबाट नयाँ कर्मचारी खटाइएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि अनुसन्धानको माग गर्दै प्रतिपक्षी दलले मङ्गलवार संसद् अवरोध गरेका छन् । उनीहरूले लेखकको राजीनामा मागेका छन्, तर कांग्रेसले राजीनामा आवश्यक नभएको अडान लिएको छ । एमाले भने यस विषयमा मौन छ ।

प्रतिक्रिया दिनुहोस्