Logo
Logo

भोलि काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन


1.7k
Shares

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङले काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङले भोलि (बिहीबार) काठमाडौँमा हुने दुई समूहको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन् ।

बुधबार बिहान नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उपत्यका प्रहरी कार्यालय मातहतका सबै कार्यालयका प्रमुखलाई बोलाएर एआाइजी ताामाङले राजावादी समूह र नेकपा एमालेको प्रदर्शनलाई लिएर उपत्यका भित्रको शान्ती सुरक्षा सुदृढ बनाउन मातहतका सबै प्रहरी इन्चार्जलाई निर्देशन दिएका हुन् ।

कार्यक्रममा एआईजी तामाङले काठमाडौँ उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्र पङ्त्तिमा खटिने प्रहरी कर्मचारीलाई सामूहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले काम गर्न निर्देशन दिए ।

साथै उनले बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको ख्याल गर्न पनि तामाङले इन्चार्जहरुलाई भनेका छन्।

यसअघि गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा २ जनाले ज्यान गुमाउनुपर्यो भने ठाउँठाउँमा आगलागी, तोडफोड र लुटपाटका घटना भएका थिए । त्यतिबेला प्रहरीको भूमिकामा प्रश्न उठेको थियो ।

प्रहरीले गलत समयमा बल प्रयोग गरेको र जतिबेला क्षति भयो त्यसलाई रोक्न नसकेको भन्दै आलोचना भएको थियो। जुन घटनालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयले पनि छानविन गरिरहेको छ ।

त्यसको दुई महिनापछि भोलि काठमाडौँमा एकसाथ राजावादी र गणतन्त्रको पक्षमा एमालेले प्रदर्शन गर्न लागेको हो । यसअघि जस्तै प्रदर्शन हिंसात्मक हुन नदिन प्रहरीले सुरक्षा तयारी बारे छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्