Logo
Logo

सदनको अवरोध हटाउन प्रचण्डलाई ओलीको फोन


1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् ।

प्रधानमन्त्री ओलीले मााओवादी संसदीय दलका नेता प्रचण्डलाई फोन गरेर संसद्को अवरोध हटाएर भिजिट भिसा प्रकरणका विषयमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन आाग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि उठेका प्रश्नको जवाफ दिने वातावरण बनाइदिन भन्दै प्रचण्डलाई फोन गरेको माओवादी सांसद लेखनाथ दाहालले जानकारी दिए ।

जवाफमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद्को अवरोध यथावत् रहने बताएका थिए । यद्यपि सरकारले भोलि (बिहीबार) संसद्मा पेस गर्ने आर्थिक वर्ष २०८२–८३ को बजेटबारे सकारात्मक रूपमा सोच्न सकिने प्रचण्डले बताएका छन् ।

भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध कायमै राख्ने विपक्षी दलले निर्णय गरेका छन् । यसअघि मंगलबार बसेको प्रतिनिधिसभा बैठक पनि गृहमन्त्रीको राजीनामा र उच्चस्तीय छानविन आयोग गठनको माग गर्दै विपक्षीहरुले अवरोध गरेका थिए ।

यता प्रधानमन्त्रीसहित बालुवाटारमा बसेको कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकसहितको बैठकले गृहमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको छ । जसकारण आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक यो समाचार तयार पार्दासम्म बस्न सकेको छनै ।

प्रतिक्रिया दिनुहोस्