
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । संघीय संसदको दुबै सदनमा बजेट पेस हुनअघि प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रिपरिषदको कार्यालयमा बस्नेगरि बैठक बोलाएका हुन् ।
बैठकले आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्नेछ । त्यसपछि आजै दिउँसो ३ बजे संसद् भवनमा बस्ने दुवै सदनको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रिपरिषदबाट अनुमोदन भएको बजेट पेस गर्ने छन् ।














