Logo
Logo

हुकुम बक्सिने मुकुटधारी अधिनायकले चुनौतीको सामना गर्न सक्दैन : प्रधानमन्त्री


693
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतावादीहरुले आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुश्प्रयास गरिरहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा मूल समारोह समितिले बिहीबार काठमाडौंको सैनिक मञ्चमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुशतावादीहरुले हिजोको अंध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुश्प्रयास गरिरहेको बताएका हुन् ।

हुकुमी आदेश तामेली मात्रै गर्न अभिशप्त समाज गणतन्त्र आएपछि निर्वाध रुपमा आफ्नो मत व्यक्त गर्न र राज्य सञ्चालनका कुनै पनि घटनालाई ‘जज’ गर्न पाउने ठाउँमा उभिएको उनले बताए । प्रधानमन्त्री ओलीले राजतन्त्रको अवस्थामा रहेको गरिवी, असमानता, अविकास र पछौटेपनबाट अहिले मुलुक निकै अगाडि बढिसकेको जिकिर गरे ।

उनले गरिबी, बेरोजगारी, भ्रष्टाचारलगाएतका मुलकुका चूनौति सामना गर्न हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर नभइ लोकतान्त्रिक प्रणालीमा चुनाव मार्फत इमान्दार राजनीतिक शक्ति छनौट गरेर मात्र सामना गर्न सकिने धारणा राखे ।

जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात बंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको भन्दै प्रधानमन्त्री ओलीले अढाइसय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछौटे अवस्थामा पु¥याउने एउटा वंशको विशेषाधिकार कुुनै अर्थमा पनि ठूलो हुन नसक्ने बताए ।

प्रधानमन्त्र ओलीले गणतन्त्र कुनै दलको स्वामित्व नभइ यसको मालिक जनता भएकाले जनताको अधिकार र उत्तरदायित्वको संयोजन गर्न सक्दा मात्र गणतन्त्रले नेपाललाई विकास, समृद्धि र सुशासनको अत्युत्कर्षमा पु¥याउन सक्ने धारणा राखे । सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड भएकाले यसलाई बलियो बनाउन सरकार लागिपरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्