Logo
Logo

राजावादीको आजको प्रदर्शनमा दुर्गा प्रसाइँ समूह सहभागी नहुने


1.8k
Shares

काठमाडौं । नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले आज दिउँसो २ बजे रत्नपार्कमा गर्ने प्रदर्शनमा दुर्गा प्रसाईं समूह सहभागी नहुने भएको छ ।

प्रसाईंको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ले आज विज्ञप्ति जारी गदैर्् आजको आन्दोलनमा सहभागी नहुने जनाएको हो । महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूद्वारा जारी विज्ञप्तिमा राप्रपा नेतृत्वको आन्दोलनमा आफूहरू सहभागी नहुने उल्लेख गरेका छन् ।

सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंलाई ‘जनकमान्डर’ घोषणा गरेर चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । राप्रपासहित राजावादी संघसंस्थाहरुले आज राजसंस्था पुर्नस्थापनको माग गर्दै रत्नपार्कमा प्रदर्शन गर्दैछन् । त्यसका लागि विभिन्न स्थानबाट जुलु्स निकाल्ने क्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्